काठमाडौं : नेपालकै उत्कृष्ट एवं प्रतिष्ठित सहकारी विकू बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य संगसंगै विकू को ३३औं श्रृखला सम्म आईपुगेको छ । यस कार्यक्रम अन्तरगत समुदाय र सदस्य स्तरमा समुदायमा सदस्यहरु संगै सदस्यको मझेरीमै बसेर जानकारी तथा भलाकुसारी गर्ने गरिन्छ । जहाँ सदस्यका कुरा, सुझाव तथा आग्रह...
काठमाडौं : सहकारी क्षेत्रमा समस्या बढ्दै गएपछि त्यसको पहिचान गरी समस्या समाधान गर्ने उदेश्यका साथ आयोजना गरिएको दुई दिवस गोष्ठी सम्पन्न भएको छ । सहकारी विभागको आयोजनामा भएको ‘पोलिसी डाइलग अन कोअपरेटिभ इस्युज विथ कि स्टेकहोल्डर्स’ कार्यशाला गोष्ठीले सहकारी क्षेत्रमा वर्तमान समयमा देख...
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून) का अध्यक्ष उद्भव सापकोटाले सहकारी अभियान सुधारका लागि सरकारको साथ आवश्यक रहेको बताएका छन् । बागमती प्रोस्कूनको आयोजना तथा नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को व्यवस्थापनमा आइतबार काठमाडौंमा आयोजना गरेको&...
काठमाडौं : तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रमोद सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ। सहकारी ठगीमा फरार रहेका सिजापतिलाई एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी नेपाल ल्याएको छ। बाँकेको नेपालगन्ज गणेशपुर घर भएका उनीविरुद्ध इन्टरपोलबाट रेड नोटि...
बागलुङ : ऋणीहरूले समयमा साँवा तथा ब्याज भुक्तानी गर्न आनाकानी गरेपछि बागलुङको एक सहकारीले धार्मिक बाटो रोज्ने भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरूको सचेतनाका लागि ‘सहकारी पुराण’को योजना सार्वजनिक गरेको हो । “पुराणमा कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भए...
काठमाडौं : ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेका भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ। उनीविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ। सहकारी विभाग र सहकारीका हालका सञ्चालक स...
दोलखा : दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ । केही दिनअघि दोलखाको मेलुुङ गाउँपालिका–१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी गरेका छन् । हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७...
काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो । ...
काठमाडौं : फिक्कल गाउँपालिकाका उपाध्यक्ष तथा नेकपा एमालेका नेता राजु बराल सहित ११ जना विरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको छ । पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष बराल सहित ११ जना...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पीडित बचतकर्ताहरुको साढे ५३ करोड रुपैयाँ रकम फिर्ता गरेको छ । कार्यालयले समस्याग्रस्त सहकारीका एक हजार १०६ पीडितलाई ५३ कराेड ६९ लाख ३४ हजार २५६ रुपैयाँ बराबरको रकम फिर्ता गरेको हो । कार्यालयको माघ ७ गतेसम्मको प्रगति विवरण अनुसार आर...
काठमाडौं : नगर क्षेत्रका सहकारीमा जोखिम तथा समस्या आउन नदिन चन्द्रागिरि नगरपालिकाले सहकारीको क्षमता विकास एवं कानुनी पक्षलाई सुदृढ बनाउ थालेको छ । यसका लागि नगरपालिकाले तालिम एवं प्रशिक्षणलाई फरक ढङ्गबाट सञ्चालन गर्न सुरुआत गरेको छ । हाल नगर क्षेत्रका विभिन्न विषयका करिब एक सय ४० सहकारी संस्...
काठमाडौं : बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक...
काठमाडौं : इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत ‘अब टप-अपमा उपहार’ शुरू गरेको छ । योजना अन्तर्गत ग्राहकहरुले आफ्नो सहकारी/लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टप-अप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन् । यस य...
पोखरा : सञ्चालकहरु सम्पर्कविहीन भएर ९ महिनादेखि बन्द रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीलाई शेयर सदस्यहरुले ब्यूताएका छन् । शेयर सदस्यहरुका तर्फबाट बुधवार पोखरामा आयोजित विशेष साधारणसभाले संस्था ब्यूताउने निर्णय गरेको हो । संस्थालाई विधिवत रुपमा सञ्चालन गर्ने भन्दै विशेष साधारणसभ...
काठमाडौं : नेपाल राष्ट्रिय व्यवसायी महासंघको सल्लाहकार समितिमा हेम बहादुर कार्की मनोनित भएका छन् । कार्कीको बौद्धिकता र क्षमताको आवश्यकता महसुस गर्दै केन्द्रीय कार्यसमितिले सल्लाहकार समितिको सदस्यमा मनोनित गरेको हो । महासंघको विधान अनुसारको उद्देश्य परिपूर्ति र महासंघको हित सम्बर्द्धन गर्...
काठमाडौं : बचत तथा ऋण सहकारी अभियानको जगेडा कोष मानिने स्थिरीकरण कोष स्थापनाको डेढ बर्ष पुगेको छ । २०७९ साल जेठ २७ गतेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णयसँगै कोष सञ्चालनमा आएको थियो । कोषमा हालसम्म २८६ सहकारीले प्रारम्भिक र वार्षिक योगदान स्वरुप १७ करोड ७३ लाख ८२ हजार ७३ रुप...
काठमाडौं : देशभर रहेका सहकारी संस्थाहरुलाई सदस्य पहिचान फारम (KYM) भराउने सहकारी विभागले निर्देशन जारी गरेको छ । सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुको सदस्य पहिचान फारम भरी अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न निर्देशन जारी गरेको हो । सहकारी संघ/संस्थाहरुको अनुगमन निरीक्षणमा सबै सद...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले ६/७ सय बदमास सहकारीले अरुलाई पनि बदनाम बनाएको बताएका छन् । सोमबार पत्रकार सम्मेलमा बोल्दै वाग्लेले सहकारीहरु छाडा भएको समेत बताए । राजनीतिक स्वार्थका कारण सहकारी क्षेत्रमा विकृति मौलाएको उनको भनाई थियो । &lsquo...
काठमाडौं : सहकारी क्षेत्र अटिल अवस्थामा पुगेको भन्दै तत्कालका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सहकारी क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न सरकारलाई निर्देशन दिएको हो । सहकारीको...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले देशभर करिब ५ सय सहकारी संस्थामा समस्या देखिएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा अध्यक्ष दाहालले सहकारीको नियमन गर्न प्रभावकारी संयन्त्र स्थापना हुन...
बागलुङ : समस्याग्रस्त बनेको बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यूँतिएको छ । संस्थाका पीडित सदस्यहरुले विशेष साधारण सभा गरी संस्थालाई ब्यूँत्याएका हुन् । शनिबार भएको विशेष साधारण सभाले कृष्ण बहादुर सार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति र हरि बहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरी...
काठमाडौं : सहकारी ठगी प्रकरणमा जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ। जिबी राई गोरखामिडिया नेटवर्क अध्यक्ष र रवि लामिछाने एमडीको जिम्मेवारीमा रहेका बेला गैरकानुनी रुपमा सहकारीबाट रकम लिएर हिनामिना गरेको भन्दै उजुरी परेको छ। बचतकर्ताको कम्तीमा ५२ करोड ग्यालेक्सी...
कैलाली : किसान बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुरेन्द्र कुमार शाह निर्वाचित भएका छन् । पौष २७ गतेदेखि लम्कीमा शुरु भएको संस्थाको २९ औं साधारण सभाबाट अध्यक्ष सुरेन्द्र शाह लगायत सञ्चालक समिति र लेखा समितिसमेत निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा टीकेन...
काठमाडौं : चालु आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्तसम्म २२ हजार भन्दाबढी ऋणीहरु कालोसूचीमा परेका छन् । समयमा ऋण तिर्न नसकेपछि कर्जा सूचना केन्द्रले यस अवधिमा २२ हजार ४५६ ऋणीलाई कालोसूचीमा राखेको हो । बजारमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समयमा कालोसूचीमा पर्ने व्यक्ति तथा कम्प...